FAQs Complain Problems

संक्षिप्त परीचय

डाेल्पा  जिल्ला तत्कालिन नेपालकाे मध्यपस्चिम विकास क्षेत्र अन्त्रगत पर्ने र नेपाल अधिराज्यकाे  संविधान २०७२ अनुसार सिमाङकन सहित राज्य पुनर्सरचनाकाे रहि कर्णली  प्रदेश मा पर्ने कर्णाली अञ्चलकाे सबै भन्दा ठ्रलाे  जिल्ला हाे । नेपालकाे हिमाली  क्षेत्रमा अवस्थित डाेल्पा जिल्ला २८ं२४ " -२९ंं४३"  उतरी अक्षांश र ८२ं२४" -८३ं३८"  पूर्वी देशान्तर सम्म फैलिएकाे छ । यस  जिल्लाकाे अवस्थिती यसकाे कुल क्षेत्रफल ७८८९  वर्ग  कि.मि. रहेकाे छ जुन नेपाल अधिराज्यकाे कुल क्षेत्रलफकाे ५.३८ प्रतिशत हुन आउन्छ । उच्च  हिमश्रृंखला, ल्हां, लेक र खाेच  वेशीहरूमा छरिएर रहेकाे छ । साविकका  त्रिपुराकाेट, पाहाडा, लिकु, ल्हां, र सुं गा.वि.स संयाेजनमा हाल  त्रिपुरासुन्दरी नगरपालीकाकाे  निर्माणा भएकाे छ ।प्राकृतिक र भाैगाेलिकका हिसाले सुहाउदाे किसिमकाे फलफुल  साथ साथै बहुमुल्य जडिबुटीकाे पाइने याे त्रिपुरासुन्दरी नगरपालीका प्राकृतिक रूपमा धनीका साथै उच्च हिम श्रिङंखला र लेक बेसिका कारण  पर्यटकिय सम्भावना बाेकेकाे पाईन्छ ।

त्रिपुरासुन्दरी नगरपालिकाको राजनैतिक विभाजन

प्रदेश                 ः कर्णाली प्रदेश

जिल्ला               ः डोल्पा

स्थानिय तहको नाम     ः त्रिपुरासुन्दरी नगरपालिका

वडा संख्या            ः ११

समावेश गा.वि.स      ः त्रिपुराकोट, सुँ, ल्हाँ, पहाडा,  लिकु गा.वि.स

प्रस्तावित केन्द्र         ः त्रिपुराकोट बगर, डोल्पा

 

वडा विभाजन ः

वडा नं. १     ः त्रिपुराकोट गा.वि.स वडा नं. १,२,३,४

वडा नं. २     ः त्रिपुराकोट गा.वि.स. वडा नं. ५,६,७,८,९

वडा नं. ३     ः सूँ गा.वि.स वडा नं. १,२,३,४,५,६

वडा नं. ४     ः सूँ गा.वि.स वडा नं. ७,८,९

वडा नं. ५     ः ल्हाँ गा.वि.स वडा नं. १,२,३,४,५

वडा नं. ६     ः ल्हाँ गा.वि.स. वडा नं. ६,७,८,९

वडा नं. ७     ः पहाडा गा.वि.स. वडा नं. १,२,३,४,५

वडा नं. ८     ः पहाडा गा.वि.स. वडा नं. ६,७,८,९

वडा नं. ९     ः लिकु गा.वि.स. वडा नं. १,२,३

वडा नं. १०    ः लिकु गा.वि.स. वडा नं. ४,५

वडा नं. ११    ः लिकु गा.वि.स. वडा नं. ६,७,८,९

 

भौगोलिक अवस्था तथा सिमाना

क्षेत्रफल       ः ३९३.४५ वर्ग कि.मि.

पूव           ः ठुलो भेरी नगरपालिका,

पश्चिम        ः जग्दुला गाउँपालिका र मुट्केचुला गाउँपालिका

उत्तर          ः फोक्सुण्डो गाउँपालिका

दक्षिण                ः पश्चिम रुकुम

 

प्रमुख नदीनाला र विशेष क्षेत्र

नगरपालिकाको क्षेत्रमा पर्ने ठुलो नदी ठुलोभेरी नदि, छलगाड खोला, चूँ गाड खोला, करवगाड खोला, खातिखोला, पालङ्ग खोला, गल्ली खोला आदि साना ठुला विभिन्न खोलानालाहरु पर्दछन ।

 

जनसंख्या विवरण

नगरपालिकाको जनसंख्या       ः १२७४५

घरधुरी संख्या                 ः २४६३         

जनघनत्व                    ः ३२।३९

अक्षाश                      ः २९ं०१’१४’ उत्तर

देशान्तर                     ः ८२ ं४७’४९’ पूर्व