FAQs Complain Problems

संक्षिप्त परीचय

नक्सा

नगरपालिकाको परिचय

नेपाल अधिराज्यको सविधान २०७२ अनुसार राज्य पुनर्सरचना अन्तर्गत कर्णली प्रदेशमा पर्ने डोल्पा जिल्ला सबै भन्दा ठूलो जिल्ला हो।नेपालको हिमाली क्षेत्रमा अवस्थित डोल्पा जिल्लाको कुल क्षेत्रफल ७८५९ वर्ग कि.मि. रहेको छ जुन नेपाल अधराज्यको कुल क्षेत्रफलको ५.३८ प्रतिशात हुन आउछ।साविकका त्रिपुराकोट, पाहाडा, लिकु, ल्हाँ र सुँ गा.बि.स. हरुको संयोजनमा हाल त्रिपुरासुन्दरी नगरपालीकाको निर्माण भएको छ।समुद्र सतह देखि २००० मिटरदेखि ५००० मिटर सम्मको उचाइमा रहेको यस त्रपुरास्न्दरी नगरपालीका ३९३.४५ बर्ग कि.मी क्षेत्रफलमा फैलिएको छ । यस नगरपालिकाको कुल जनसंख्या १२,७४५ मध्ये ६,०८६ पुरुष र ६,६९५ महिला रहेको छ। यस नगरपालीकाको उत्तरमा शे-फोक्सुण्डो गाउँपालिका, दक्षिणमा रुकम जिल्लाको सिमाना, पश्चिममा मुड्केचुला र जगदुल्ला गाउँपालिकाको सिमाना पर्दछ भने पूर्वमा डोल्पाको अर्को ठलीभेरी नगरपालिकाको सिमानासँग जोडएको छ।यस नगरपालीकामा जम्मा ११ बटा बडाहरु रहेका छन्।

यस नगरपालीकाको भू-वनावट बलौटे माटो, भिरालो जमिन र उत्तरमा अग्ला अग्ला हिमालहरुको लहरले घेरिएको छ। साविकको पाहाडा, लिक तथा सुँ गा.वि.समा पर्ने भू-भाग केही खेतीयोग्य माटोले भरिएको छ भने ल्हँ तथा त्रिपुराकोटको अधिकांस भू-भाग बलौटे तथा कङकर मिसिएको कारण नदी बेसी बाहेक अन्य भागमा खेती गर्नका लागि कडा भन्दा कडा परिश्रम खर्चनु पर्ने खालको छ।यस नगरपालीकाको फुल्चिङ, ल्हाँ, पालङ्ग, त्रिपुराकोट वगर, रल्ली, गल्ली, भुतिङग्रा वस्तिको केही भागमा मात्र धान खेती गरिन्छ भने वाँकी स्थानमा अन्य अन्न वालीको मात्र खेती भएको पाइन्छ।

यस नगरपालीकामा विषेस गरेर वाल त्रिपुरासुन्दरीको मन्दिर, छल मष्टा भवानिको मन्दिर र छलगाड, तामेगाड, हिराघट्ट नदी, ठूली मेरी, गल्ली गाड, करब गाड, फुल्चिङ्ग खोला, पालङ्ग खोला, खाती खोला लगायतका थुप्रै सदावहार नदी तथा खोलाहर भएता पनि भौगोलिक विकटता तथा आवश्यक आर्थिक श्रोत अभाबका कारण सबै स्थानमा न्यूनतम सिंचाइको व्यबस्था समेत हुन सकेको छैन।विशेष गरि मकै, कोदो, फापर, उवा, चिनो, कागुनो, सिमी, जौ र आलु खेती गरिन्छ। नगरपालकाको अधिकांस खेतीयोग्य जमिनमा हिउँदे र वर्षे वाली लगाउन सकिन्छ।फलफुलमा स्याउ,ओखर, नास्पती, आरु, प्रशस्त मात्रामा फल्ने स्थानहरु रहेका छन्।

प्राकतिक बरदान स्वरुप पाइने विभिन्न खालका औषधिजन्य तथा पोषणका हिसाबमा बिश्व चर्चित जडीवुटीका दृष्टिकोणमा पनि यस नगरपालीका निकै धनी छ।यस नगरपालीकाको साबिकको पाहाडा गा.बि.स. को उत्तरी हिमाली भू-भाग, त्रपुराकोट गा.बि.स.को उत्तरी भू-भागमा यार्सागुम्बा र अन्य भू-भागमा जटामसी, पाँचऔले, चिराइतो, च्याउ जस्ता जडीबुटीहरु पाइन्छ।जसले नगरबासीहरुको जिविकोपार्जनमा ठूलो भुमिका खेलेको छ।

क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
त्रिपुराकोट(१-३,९) १२६४ ४९.५६
त्रिपुराकोट(४-८) १४३३ ५३.४३
सुँ(१-६) १०५३ १३.४५
सुँ(७-९) ७९३ ८४.४९
ल्हाँ(१-५) ६८४ ३१.२३
ल्हाँ(६-९) ५१५ ४८.२१
पहाडा(१-५) १२४६ ४७.३६
पहाडा(६-९) ९१० ३६.०५
लिकु(१-३) ६६४ ३.१२
१० १० लिकु(४,५) ६३८ ५.१६
११ ११ लिकु(६-९) ९०४ २१.४९
  जम्मा   १०१०४ ३९३.५५

 

आर्थिक वर्ष:

//